अर्घाखाँचीका ३ नगरपालिका र ३ गाउँपालीकामा कार्यकारी अधिकृत खटिए (को को परे ?)

Posted on: 19 Mar, 2017

जितेन्द्र खत्रि | चैत ६, अर्घाखाँची | सरकारले अर्घाखाँची जिल्लाका ३ नगरपालिका र तिन गाउँपालीकाका लागी कार्यकारी अभिकृत खटाएको छ । भुमिकास्थान नगरपालीका, सन्धिखर्क नगरपालीका र सितगंगा नगरपालीकाका र छत्रदेव गाउँपालिका पाणिनी गाउँपालिका मालारानी गाउँपालिका लागि कार्यकारी अधिकृत खटाएको छ ।  

सन्धिखर्क नगरपालिकामा जिवन ज्ञवालीलाई कामु कार्यालय प्रमुख तोकेको छ भने सितगंगा नगरपालीकामा सुन्दर श्रेष्ठलाई निमित्त र भुमिकास्थान नगरपालीकामा नारायण प्रसाद अधिकारीलाई निमित्त कार्यालय प्रमुख तोकिए हो ।

यसअघि अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा रामजी जोशी, पाणिनी गाउँपालिकामा दामोदर ज्ञवाली र मालारानी गाउँपालिकामा जनकराज पन्थीलाई कार्यकारी प्रमुख तोकोको छ । चैत्र ३ गते अर्घाखाँची जिल्लामा सन्धिखर्क नगरपालिका बाहेक नयाँ स्थानीय तहको संरचना अनुसार निर्माण भएका थप नयाँ दुई वटा नगरपालिका र तीन वटा गाउँ पालिका कार्यालयको एकैसाथ उद्घाटन गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!