अर्घाखाँचीमा भिरबाट लडेर एकजनाको मृत्यु

Posted on: 13 May, 2017

बैशाख ३०, सन्धिखर्क । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका –७ अडगुरीमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । 

अडगुरी निवासी दलकुमारी मर्साइको आज बिहान घुम्टी नजिकैको जङ्गलमा बिसाइराखेको सल्लीपुरालको भारी बोकी घर जाने क्रममा रिङ्गटा लागि भिरबाट लड्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभएको छ । 

शवलाई घटनास्थलमा मुचुल्का उठाई परीक्षणका लागि जिल्ला अस्पताल, अर्घाखाँची पठाइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!