न्यायको पहुँच आम जनता सम्म पुर्याउन अदालत लागि परेको छ - न्यायाधीश बास्तोला

Posted on: 20 May, 2017


सास संवाददाता | जेठ ६, अर्घाखाँची | जिल्ला अदालत अर्घाखाँचीका  न्यायाधीश केशब प्रसाद बास्तोलाले जनताको पहुँचसम्म न्याय क्षेत्र लाई पुर्याउनका लागि आफुहरु लागी परीरहेको बताउनु भएको छ । 

जिल्ला अदालत अर्घाखाँचीको आयोजनामा  न्यायीक सचेतना अभियान अन्र्तगत बिद्यालयका  बिद्यार्थीहरुका लागी न्याय सम्बाद अन्र्तरक्रिया तथा अदालत अबलोकन कार्यक्रम मा मनतब्य राख्दै न्यायधिस बास्तोलाले यस्तो भनाई ब्यक्त गर्नु भएको हो ।  अदालतले गर्ने कामकारबाही र बिद्यार्थी मार्फत न्यायका कुराहरुलाई आम जनता सम्म लैजाने प्रमुख उद्धेश्यका साथ सचेतना कार्यक्रमको आयोजना गरीएको भन्दै बास्तोलाले अदालतबाट  जनतालाई प्रदानगरीने सेबा सुबिधामा कुनै प्रकारको ढिलासुस्ती हुन नदिन आफुहरु तत्पर रहेको बताउनु भयो । 

जनतालाई छिटो छरितो र जनमुखी न्याय दिनु अदालत को दायित्व भएको समेत उहाँले जानकारी गराउनु भएको थियो । युबाबर्ष रबीचित्र माध्यमिक बिद्यालय सन्धिखर्क १ हटारीनेटा कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रममा सहायक जिल्ला न्यायधीबक्ता रोमकान्त ज्ञवाली, प्रहरी नायब उपरीक्षक एकनारायण कोईराला, बार ईकाइका सचिब जगनाथ भुसाल, अधिबक्ता बिजय खत्री, बैतनिक अधिबक्ता पबित्रा भट्टराई,पत्रकार महासंघका निबर्तमान अध्यक्ष शोभाखर पन्थी, पत्रकार श्याम घिमिरे,बिद्यालयका शिक्षक कमलराज जोसी,बिद्यार्थी ताराप्रसाद खनाल, सरस्वति भट्टराई लगायतले बिभिन्न बिषयबस्तुहरु माथी केन्द्रीत रहेर आ आफ्नो मनतब्य राख्नु भएको थियो । कार्यक्रम अदालतका नासु केशब प्रसाद भुसालको स्वागत मन्तब्य र सुचना अधिकारी टेकराज गैरेको सन्चालनमा सम्पन्न भएको पत्रकार श्याम घिमिरेले खबर पठाउनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!