कांग्रेसको चुनावी प्रसारमा गएको जिप मैदानमा दुर्घटना, १ जनाको मृत्यु

Posted on: 20 Jun, 2017

जितेन्द्र खत्रि/असार ६, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी ५ साबिकका मैदान ८ तल्ला अमजा आउदै गरेको नेपाली कांग्रेसको चुनावी प्रसारमा गएको श्रीनगर यातायातको लु १ ज १९५८ नंवरको जिप तल्ला अमजा मालीका मन्दिर पधेरामा दुर्घटना भएको छ । 

दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा मैदान निगाली ४ निवासी २१ वर्षका अर्जुन घिमिरे रहेका छन् । साथै १० जना घाइते भएका छन् । घाइतेको पाल्पा मिशन हास्पिटल रिफर गरिएको छ । 

चालक बामदेब अधीकारी दुर्घटना पछि सम्पर्क विहिन भएको र आज बिहान मात्र सम्पर्कमा आएको खिदिम प्रहरी चौकी ईन्र्चाज तिलक रायमाझीले जानकारी दिनुभयो । बाटो साघुँरो र पानी परीरहेकोले गाड़ी दुर्घटना भएको रायमाझीले जानकारी दिनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!