अर्घाखाँची युवा परिषद र साथी सहकारीद्धारा बाढी पिडीतलाई २५ हजार सहयोग

Posted on: 15 Aug, 2017

साउन ३१, सन्धिखर्क । अर्घाखाँची जिल्लामा आपत र विपत परेमा सहयोग गर्दै आईरहेको संस्था हो, अर्घाखाँची युवा परिषद । परिषदले अर्घाखाँची जिल्ला मात्र होईन देशबासीँको दुखमा मलाम लगाउन सक्दो सहयोग गरिरहेको छ । यतिबेला देशका विभिन्न ठाउँमा बाढी पहिरोमा पिडित छन ।

सामाजिक क्षेत्रमा सेवा गर्दै आएको अर्घाखाँची युवा परिषदले बाढी तथा पहिरो पिडितलाई पन्ध्र हजार र साथी सहकारीले दश हजार सहयोग गर्ने निर्णय भएको सहकारीका अध्यक्ष प्रकाश भुसालले बताए ।

सोमबार सन्धिखर्कमा बसेको बैठकले परम्परागत रुपमा मनाउदै आएको रोपाई जात्रामा कम खर्च गरेर बाढी पिडितलाई सहयोग गर्ने निर्णय भएको युवा परिषदका अध्यक्ष कृष्ण भुसालले बताए ।

दुवै संस्थाले मङगलबार प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा रकम पठाउने बताए । परम्परागत रुपमा मनाउदै आएको रोपाई जात्रालाई पनी निरन्तरता दिने युवा परिषदले निर्णय गरेको छ । 

रोपाई जात्रा कम खर्चमा सम्पन्न गरी खर्च हुने पैसा राहत वितरण गर्ने भएको छ । यसपाली मङगलबार अर्थात भोली भक्तिटोलामा रहेको शिवालय मन्दिरबाट रोपाई जात्रा निकाल्ने तयारी रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!