अर्घाखाँचीमा बस दुर्घटना: दुईको मृत्यु, ३० जना घाइते

Posted on: 06 Oct, 2017

असोज २०, अर्घाखाँची । अर्घाखाँचीको सापडाँडामा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् ।

अर्घाखाँचीको डाँडाकटेरीबाट संन्धीखर्कका लागि छुटेको लु १ ख ७७७८ नम्बरको बस खनदहको सापडाँडामा आज बिहान करिब ८:३० बजेतिर दुर्घटना भएको हो । ज्यान गुमाएकाको सनाखत हुन सकेको छैन । अहिले उद्धार कार्य भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले दुर्घटनाको पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!