ईलाका वन कार्यलय शितगंगाको आयोजनामा योजना तर्जुमा गोष्टि सम्पन्न

Posted on: 18 Feb, 2018

फाल्गुन ६, अर्घाखाँची | ईलाका वन कार्यलय शितगंगा नगरपालिका १४ पावर अर्घाखाँचीको आयोजनामा १ दिने योजना तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

एकदिने योजना तर्जुमा गोष्ठी कार्यक्रम माथी छलफल गर्दै ईलका वन कार्यलय पावर अर्घाखाँचीका वन अधिकृत जितेन्द्र सिंह  खड्काले विभिन्न बिषयबस्तु माथी प्रकाश पार्नुभएको थियो । सामुदायिक वन उपभोक्ता समुह सहजकर्ता छनोट, डढेलो नियन्त्रण, समुहको कार्यलय संचालन, सामुदायिक वनले खर्च गर्ने बैंक स्टेट्मेन्ट, डढेलो नियन्त्रण हेरालु, सामुदायिक वन उपभोक्ता समूहलाई मोबाईल र सिमकार्ड खरिद गर्ने, पोखरी निर्माण लगायतका बिषयमाथी छलफल भएको थियो ।

कार्यक्रममा रमणीय सामुदायिक उपभोक्ता समुहका अध्यक्ष लालबहादुर पाण्डे, पावर सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष ओम बहादुर दर्लामी लगाएतले मन्तव्य राख्दै इलका वन कार्यलयले ल्याएका भावि रणनीतिलाई सबैले लागु गर्न पर्नेमा जोड दिदिनुभयो ।

कार्यक्रममा शितगंगा नगरपालिका वाड न. १३ र १४ मा पर्ने विभिन्न सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तथा प्रतिनिधि, पत्रकार बिष्णु खनाल, डिएनके कुवँर लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रम इलका वन कार्यलय पावर अर्घाखाँचीका वन अधिकृत जितेन्द्र सिंह खड्काको अध्यक्षता, फरेस्टर धरमेन्द्र धिक्तको स्वागत र वन रक्षक सुरविर पुनको संचालनमा सप्पन्न भएको पत्रकार डिएनके कुवँरले बताउनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!