सन्धिखर्क ग्रीन इंगलिस बोर्डिंग स्कुलको पुरस्कार बितरण

Posted on: 23 Feb, 2018

फागुन ११, अर्घाखाँची | सन्धिखर्क ग्रीन इंगलिस बोर्डिंग स्कुल चुत्राबेसीको पुरस्कार बितरण कार्यक्रम आज सम्पन्न भएको छ । 

विद्यालयमा अध्यन गरि बार्षिक परीक्षामा  कक्षा  प्रथम, द्धितीय र तृतीय हुने साथै अतिरिक्त क्रियाकलापमा राम्रो भुमिका निर्बाह गर्ने विद्यार्थीहरुलाइ पुरस्कृत गरिएको हो । 

कार्यक्रममा मन्तब्य राख्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले शिक्षाको गुणस्तर बृद्धि गर्न सबै लाग्नु पर्ने बताउनु भयो । उहाले खस्कदै गएको शिक्षाको गुणस्तर बृद्धि गर्न, शिक्षक, विद्यार्थी, र अभिभावक सबै लाग्नु पर्ने बताउनु भयो । 

कार्यक्रममा सन्धिखर्क नगरपालिका वाड नं २ का वडा अध्यक्ष मोतीजंग रायमाझि, स्रोत ब्यक्ति युवराज भुसाल, विद्यालयका कम्पनि रजिस्टार अध्यक्ष हुम प्रसाद बन्जाडे, शिक्षक अभिभावक संघका अध्यक्ष तुल्सीराम खनाल, विद्यालय ब्यबस्थापन समितिका सदस्य डिलाराम भुसाल, एन प्याब्सनका कोषाध्यक्ष थम्मन केसी, विद्यार्थी मनिषा खनाल लगायतले मन्तब्य राख्दै विद्यालय छोटो समयमै जिल्लाकै नमुना बन्न सफल भएकोमा धन्यबाद दिएका थिए । 

कार्यक्रममा विद्यालयको बार्षिक प्रतिवेदन विद्यालयका प्रिन्सीपल टेकबहादुर थापाले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम विद्यालय व्यबस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद भुसालको अध्यक्षता र भोवाइस प्रिन्सिपल नारायण भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!