सन्धिखखर्क नगरपालिका वाड नम्बर १० धरम्पानीमा कानुनी साक्षरता

Posted on: 10 Mar, 2018

फाल्गुन २६, अर्घाखाँची | अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाड नम्बर १० धरम्पानीमा कानुनी साक्षरता तथा स्वास्थ्य सम्वन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा मन्तब्य राख्दै सन्धिखर्कका नगर प्रमुख कमल प्रसाद भुसालले सन्धिखर्क नगरपालिकालाई नेपालकै नमुना  बनाउने गरि काम भैरहेको जानकारी दिनु भयाे । कार्यक्रममा उपप्रमुख ठाकुर कुमार बिकले मन्तब्य राख्दै कानुनको ज्ञानबाट स्थानीयलाई जानकार गराई झैझगडा अन्त्य गर्न तालिमले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । 

कार्यक्रममा डाक्टर कपिल गौतम, अधिबक्ता केवी भुसाल , शाखा अधिकृत गोविन्द केसी लगायतले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा एक सय ५० जन महिलाको सहभगीता रहेको थियो । कार्यक्रम वडा अध्यक्ष लक्ष्मीनारायण चुँदालीको अध्यक्षता, वडा सचिव अरुण आचार्यको सञ्चालन र वडा सदस्य शान्ता नेपालीको स्वागत मन्तब्यमा सम्पन्न भएको थियोे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!