अर्घाखाँची: सन्धिखर्कको एक पसलमा १ लाख ५० बराबरको चोरी

Posted on: 13 Mar, 2018

फागुन २९,अर्घाखाँची | सन्धिखर्क २ घोंचेखोला निवासी रुपा बन्जाडेको पसलमा आइतबार राती चोरी भएको छ ।

रातिको समयमा अपरिचित व्यक्तिले पसल फोरेर १ लाख ५० हजार नगद सहित केही सेट सुनका गहना समेत चोरी गरेको  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

 बन्जाडेको भनाइ अनुसार माथी उल्लेखित नगद र जिन्सी हराएको भनिएपनि के कति चोरी भएको र कसले चोरी गरेको भन्ने बिषयमा खोज अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ । घटनाको छानबिन गर्न केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!