अर्घाखाँचीमा जिप दुर्घटनामा जिप साहुको मृत्यु

Posted on: 06 Aug, 2018

साउन २१, अर्घाखाँची | अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट जिल्ला कै मथुराबेशीको लागि छुटेको यात्रु बाहक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु  भएको छ । 

मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका वडा ४ कोटफेराका ३६ बर्षिय सन्तोष भुसाल रहेका छन । लु. १ ज १७७०को उक्त जिप सडक बाट अन्दाजी ४० मिटर तल बारिमा खसेको थियो।पानी परेर चिप्लो सागुँरो बाटोबाट जिप तल खसेको थियो।मथुराबेशिमा यात्रुलाई पुर्‍याई आफ्नो घर फर्कने क्रममा सन्धिखर्क तम्घासको  मुल सडक हटिया कोटफेरा भित्री  साइड बाटोमा  सो जिप दुर्घटना भएको थियो । 

बेलुकी ८ बजेतिर भएको उक्त घटना पछि अहिले जिल्ला अस्पताल अर्घाखाँचीमा जिप ब्यबसायी समिती निजका आफन्त लगायत जनसमुदायको बाक्लो उपस्थिति रहेको छ।

मृतक भुसालका श्रीमती २ छोरी रहेका छन ।

उहाँ जिपको साहु र चालक दुबै भएको र बिगत करिब ११ बर्ष देखि जिप चलाउँदै आइरहनु भएको बुझिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!