टाउको बिना फेला परेको शवको पहिचान नजिक पुग्यो प्रहरी

Posted on: 04 Sep, 2018

जितेन्द्र खत्री | भदौ १९, अर्घाखाँची | अर्घाखाँची जिल्लाको सन्धिखर्क १२ बस्यालटोला चिल्याथुममा हिजो बोरामा फेला परेको सबको पहिचानको नजिक पुगिएको नयाँ अपडेट प्राप्त छ । 

विभिन्न सामाजिक संजालमा मृतकका बारेमा समाचार पोस्ट भएपछी हिजो देखि नै मृतकको सनाखतमा जुटेको प्रहरी कार्यालयलाई लास कपिलवस्तु बाँणगंगा नगरपालिका ४ धैरेनिडाँडाका ३६ बर्षका धन बहादुर घर्तिमगरको हुनसक्ने अनुमान गरेको छ ।

आफ्नो श्रीमान हराएको एकहप्ता भएको र आफ्नो श्रीमानको हुलियासंग मेल खाने भएकोले निजको श्रीमती र परिबारका सदस्यहरु कपिलवस्तुबाट अर्घाखाँची आउने तैयारी भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक खिम बहादुर घ.म.ले जानाकारी दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!