सन्धिखर्कमा आजबाट अचार बनाउने तालीम सुरु

Posted on: 02 Jan, 2019

पौष १८ अर्घाखाँची | सन्धिखर्क नगरपालीका वडानम्बर १ को आयोजना र कल्याणी सेबा नेपाल अर्घाखाँचीको सहआयोजनामा एक हप्ते महिला लक्षित अचार बनाउने तालमि आजबाट सन्धिखर्कमा सुरु भएको छ । 


तालीमको उद्घाटन गर्दे सन्धिखर्क नगरपालीका प्रमुख कमलप्रसाद भुसालले ब्यबसायीक सिपले ब्यक्तीलाई आत्मनिर्भर बनाउने हुनाले यस्तो खाले सीप जिबनपयोगी हुने भन्दै सीपनै सबैभन्दा ठुलो सम्पती भएको बताउनु भयो । भुसालले आफुले सिकेको सिपलाई ब्यबहारमा उतार्न पनी आग्रह गर्नुभएको छ । 

सन्धिखर्क वडानम्बर १ का वडाअध्यक्ष युबराज बन्जाडेको अध्यक्षता संस्थाकी सहसचिब कमला भण्डारीको स्वागत मनतब्य र वडासदस्य लक्ष्मण पराजुलिको सन्चालनमा सम्पन्न कार्यक्रममा प्रहरी नाउब उपरीक्षक नबराज मल्ल, ,वडानम्वर २ का वडाअध्यक्ष मोतिजंग रायमाझी, पत्रकार  महासंघका अध्यक्ष हिम जिसी लेकाली,वडासदस्यहरु सुमित्रा मुखिया,आशा परीयार,संस्थाकी अध्यक्ष शुसिला बन्जाडे, सचिब पबित्रा भट्टराई लगायतले शुभकामना मनतब्य राख्नु भएको हो । तालीममा सन्धिखर्क वडानम्बर १ का ४० जना महिलाहरुको सहभागीता रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!