अर्घाखाँचीमा कर्मचारी चढेको गाडी दुर्घटना हुँदा ५ जना घाइते

Posted on: 28 Jan, 2019

माघ १४, बुटवल | अर्घाखाँचीमा कर्मचारी चढेको गाडी दुर्घटना भएको छ । पाणिनी गाउँपालिका ४ पात्ला पोखरी लेखी मुनि त्रिवेणी भन्ने ठाउँमा सोहि गाउँपालिकाका कर्मचारी चढेको गाडी दुर्घटना भएको हो ।

लु १ च ९०४६ नम्बरको गाडीमा गाउँपालिकाका लेखा अधिकृत नारायण पौडेल, सुब्बा रामकुमार भट्टराई, पशुपति खनाल, रविन्द्र न्यौपाने, चालक सागर घिमिरे सवार थिए ।

घाइतेहरुको अवस्था सामान्य रहेको छ । उनीहरुलाई उपचारका लागि पाल्पा मिसन हस्पिटलमा लगिएको वडाअध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।  गाडी सडकबाट करिब १०० मिटर तल खसेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!