भुमिकास्थान नगरपालिकाबाट ७ लाख बराबरको निशुल्क दुर्घटना विमा सुरु

Posted on: 28 Feb, 2019

फागुन १६, अर्घाखाँची | अन्य देसमा जाने मानिसहरुको अनिबार्य विमा गर्नु पर्ने नियम भएपनि भारतमा जाने मानिसहरु विमा विनानै जाने गरेका छन । 

महिला सहकारीलाइ सक्षम रुपमा अगाडी बढाइ सहकारीका सदस्यलाइ आत्मनिर्भर बनाउन काम गरिहेको सस्था जनचेतना सरोकार मञ्चले अक्सफार्मको सहयोगमा र भुमिकास्थान नगरपालिकाको सहकार्यमा प्रभु इन्स्योरेन्स लिमिटेड मार्फत निशुल्क दुर्घटना विमाको सेवा ल्याएको हो । भुमिकास्थान नगरपालिकाको वाड नम्वर ४ धारापानीमा रहेको शसक्तिकरण महिला कृषि सहकारी सस्थाले वाड नम्वर ३ र ४ मा स्थायी घर भइ रोजगारीको सिलसिलामा रहेका ६३ जनाको निशुल्क विमा गरि, निशुल्क विमाको सुरुवात गरिएको भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले बताउनु भयो।  विमालेख पत्र एक कार्यक्रमका विच नगर प्रमुख रेशम थापाले शसक्तिकरण महिला कृषि सहकारी सस्थाकि अध्यक्ष सिता खड्कालाइ हस्तान्तरण गर्नु भएको छ ।

भुमिकास्थान नगरपालिकाको १,२,३,४ र ९ नम्वर वडा बाट मात्रै झण्डै २ हजार जना मानिसहरु  रोजगारीकोलागि भारतमा गएका छन । शसक्तिकरण महिला सहकारी संगसंगै ढाकाबांगमा रहेको भुमिकास्थान नगरपालिकामा रहेका  वार्ड– १ मा रहेको जनचेतना महिला कृषि सहकारी सस्था, र ९ मा रहेको गंगा जमुना महिला बचत तथा ऋण सहकारीले निशुल्क विमाको कार्य गर्नेछन । 


रोजगारीकोलागि भारतमा गएर असुरक्षित रुपमा काम गरिरहेका श्रमीकहरुको समस्या समाधान गर्न निशुल्क विमाको सुरुवात गरिएको जनचेतना सरोकार मञ्चका ब्यबस्थापक युवराज ज्ञवालीले बताउनु भयो  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!