मोहन श्रेष्ठको उपचार सहयोगको लागि हार्दिक अपिल

Posted on: 28 Feb, 2019

फागुन १६, अर्घाखाँची | अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका १२ डिभर्ना ठुटेपिपल निवासी ४१ बर्षीय मोहन प्रसाद श्रेष्ठ बिगत दस  महिना देखि ईस्पाईनल कर्ड ईन्जुरीका कारण  परी ओछ्यान मै थला परेका छन् । दस महिना  पहिला घाँस काट्ने क्रममा बिडुल्नाको बोटबाट लडेर उनी यसरी थला परेका हुन् ।  हिडडुल गर्न समेत नसक्ने अवस्थामा पुगेका मोहन श्रेष्ठ परीवारका माईलो छोरा समेत हुन् ।  उनको कम्मर देखि तलको भागले काम गर्दैन । स्पाईनल कर्ड ईन्जुरीको कारण उनी यसरी थला परेका हुन् । 

पटक पटक उपचार गराउदा पनि निको हुन सकेको छैन । उनको कम्मर देखि तलको भागमा ठुला ठुला घाउ समेत बनेका छन् । उनलाई आफ्नो मात्र पिडा छैन मोहन ओछ्यानमा छटपटाईरहेका बेला गत फाल्गुन ६ गते उनका बुबा ७८ बर्षीय जिबलाल श्रेष्ठको निधन भयो । परीवारमा पिडामा फेरी अर्को पिडा थपिएको छ । परिवार यतिबेला शोकमा छ । उनका हात खुट्टा नचल्ने हुनाले  उनले आफ्नै बुवाको काजकिरिया गर्न समेत सकिरहेका छैनन् । 

मोहन भन्छन, न साथमा पैसा छ, न मर्न सके न बाच्न नै ! छोरो हुनुको कर्तव्य निभाउन सकिएन बुवा मलाई माफ गर्नुहोला । आँखा भरी आँसु लिएर उनले भने ,“ भगवानले मलाइ के को सजाय दिएको छ ?  पिडित मोहनको उपचारको निम्ति सहयोग अभियान यतिबेला जिल्लामा  चलिरहेका छन् । सहयोग पनि भैरहेको छ । 


सहयोगको लागि स्वदेश तथा बिदेशमा रहनुहुने सम्पूर्णमा अनुरोध गरिएको छ । यदि तपाई मोहनलाई सहयोग गर्न चाहानुहुन्छ भने आफ्नो मनलाई फराकिलो गराएर सहयोग गर्न सक्नु हुन्छ सम्भव हुन्छ तपाई स्वयम नै मोहन समक्ष आएर सहयोग गर्नुहोला । तपाइहरुको सानो सानो सहयोगले मोहनले नयाँ जीवन पाउने छन ।

सहयोग गर्न चाहनुहुनेले अभियानमा संलग्न बिक्रम पाण्डे समान्ताको मोवाईल न ९८५७०६९१०४ र  वसन्त श्रेष्ठको मोबाइल न ९८५७०६३७६२ तथा बसन्त श्रेष्ठको मेगा बैंकको खाता न ००४००५००४७८२१  मा आर्थिक पठाई सहयोग गर्न सक्नुहुनेछ । आर्थिक सहयोग गर्न चाहनुहुनेले माथी दिएका सम्पर्क न मा जानकारी गराउनुहोला ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!