अर्घाखाँचीमा प्रहरीको सर्च अभियान हात-हतियार बरामद

Posted on: 22 Mar, 2019

चैत ८, अर्घाखाँची | अर्घाखाँची जिल्लामा प्रहरीले सर्च अभियान सञ्चालन गरेको छ । मालारानी गाउँपालिकाको वडा नं ३ र ५ को सिमानामा द्धन्द्धकालमा लुकाई राखेको हतियार बरामत गरेको छ । 

मालारानी ३ को गँहेलीमा केही दिन अघि दुईवटा सकेट बम भेटीएको थियो । उक्त बमलाई नेपाली सेनाको बम डिस्पोजर टोलीले डिस्पोज गरेको थियो ।  शुक्रबार सोही क्षेत्रमा सर्च गर्दा २ वटा भरुवा बन्दुक र दुई वटा टु टु म्यागनम  भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । प्रहरीले जिल्लाका संकास्पद क्षेत्रमा सर्च अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नबराज मल्लले जानकारी दिए  ।‘हामिले संकास्पद स्थानमा सर्च अभियान सञ्चालन गरेका छौ । जिल्ला भर यो अभियान सञ्चालन हुन्छ । ’ 


अवैध हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आग्रह

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले अवैध हातहतियार तथा खरखजना ३५ दिनभित्र नजिकैको प्रहरि चौकी, जिल्ला प्रहरि कार्यालय र नेपाली सेनाको ब्यारेकमा बुझाउन आग्रह गरेको छ । कोहि कसैले हातहरियार र खरखजाना राखेको भए चैत्र मसान्त  भित्र बुझाउन सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी पे्रमलाल लामीछाने बताए  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!