वडाध्यक्षको मोटरसाइकलमा अज्ञात समूहद्वारा आगजनी

Posted on: 03 Sep, 2019

भदौ १७, काठमाडौँ | अर्घाखाँचीमा अज्ञात समूहले वडाध्यक्षको मोटरसाइकलमा आगजनी गरेको छ । जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्वर ७ का वडाध्यक्ष शोभाकर पाण्डेको  लु १ ब १६८८ नम्वरको मोटरसाइकलमा आगजनी भएको अर्घाखाँचीका प्रहरीले जानकारी दिएको छ |

आगलागीबाट मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ ।वडाध्यक्ष पाण्डे तत्कालीन नेकपा एमालेबाट विजयी भएका हुन् ।  छत्रदेव गाउँपालिका प्रमुख लेखनाथ पोखरेलले भने, ‘उक्त वडा साविक भवगती गाविस हो , त्यहाँ  केही साथीहरु ( विप्लवका कार्यकर्ता ) हुनुहुन्छ,

त्यतैबाट आक्रमण भयो कि भन्ने अनुमान गरिएको छ  तर प्रहरीमा अनुसन्धान चलिरहेकोले केही खुलेको छैन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!