विप्लव समुहका बागलुङ जिल्ला सेक्रेटरी पक्राउ

Posted on: 25 Sep, 2019

कमल पौडेल | असोज ८, बागलुङ | प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टि बागलुङका जिल्ला सेक्रेटरी राम बहादुर कुँवर ‘नविन’ पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङ र प्रहरी चौकी खर्वाङको संयुक्त गस्ति टोलीले कुँवरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले जानकारी दिनुभएको छ।

कुँवरलाई मंगलवार दिउसो बडिगाड गाउँपालीका वडा नं. ५ रेमी स्थित आफ्नै घरबाट पक्राउ गरिएको हो। पक्राउ परेका कुँवरलाई जिल्ला प्रहरी कार्यालय ल्याइदै गरेको र आवश्यक अनुसन्धान सुरु गरिएको एसपि भट्टले जानकारी दिनुभएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!