राष्ट्रिय उद्योग व्यापार संगठनको गाउँपालिका भेला निसी र तमानमा

Posted on: 31 Jan, 2017

कृष्ण कँडेल/माघ १८, बागलुङ  । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको तमानखोला गाउँ पालिका स्तरिय भेलाले नयाँ कार्यसमिति गठन गरेको छ । 

भेलाले नरकुमार गोतमेको अध्यक्षतामा २५ सदस्यीय प्रथाम भेला आयोजक समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा संकर रसायली, सचिव होमबहादुर घर्ती, सहसचिव भेजेन्द्र पुन र कोषाध्यक्ष अमृता गिरि रहनुभएको छ । 

सुर्य सिरपालीको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समिति र लकदेवि गोतामेकोको संयोजकत्वमा ५ सदस्यीय महिला उद्यमी समिति गठन गरिएको छ । कार्यक्रम नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय सदस्य तथा जिल्ला संयोजक रतन मलेपतीले स्वाधिन अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय उद्योगि व्यापारी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य सुर्य सिरपाली र दलित सञ्जालका लिलबहादुर सुनारले मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रम संकर रसाईलीको अध्यक्षता, अन्तरपार्टि महिला सञ्जालका अध्यक्ष तारा घर्ती मगरको स्वागत  र नेपाल राष्ट्रिय उद्योग व्यापार संठनका जिल्ला सहसंयोजक बाबु डियर हमालको सञ्चालनमा सम्पन्न भएको थियो । 

यता निसीखोला गाउँपालिकामा सम्पन्न भेलाले कृष्णबहादुर साहिको अध्यक्षतामा २१ सदस्यीय गाउँपालिका स्तरिय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रामप्रसाद पौडेल, सचिव हिराबहादुर पुन र कोषाध्यक्ष सुनकुमारी घर्ती रहनुभएको छ । 

प्रेमबहादुर घर्तीको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति र सुनकुमारी घर्तीको संयोजकत्वमा ३ सदस्यीय महिला उद्यामी समिति गठन गरिएको छ । कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय पार्षद् राजबहादुर थापाले मुलुकको आर्थिक समृद्धिका लागि स्थानिय साधन स्रोतको परिचालन गरि व्यवसाय गर्नुपर्ने बताउनुभयो । 

प्रदेश नम्बर–४ का सदस्य अर्जुन चोखालले राष्ट्रिय पुजिको निर्माण गरेर मात्र स्वाधिन अर्थतन्त्र विकास गर्न सकिने बताउनुभयो । कार्यक्रममा माओवादी केन्द्रका जिल्ला सम्मेलन आयोजक समिति सदस्य नन्दबहादुर चन्द र व्यवसायी रामप्रसाद पौडेलले मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रम कृष्णबहादुर साहिको अध्यक्षता, जानसिंह कुँवरको स्वागत र हिराबहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!