अधिकारीचौर र खुङ्गाको सामाजिक सुरक्षा भत्ता गरिमा बैंकबाट

Posted on: 20 Feb, 2017

कृष्ण कँडेल | फागुन ९, बागलुङ | गरिमा विकास बैङ्क लिमिटेड बुर्तिबाङ साखाले चालु आर्थिक बर्षको अन्तिम चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । 

बैङ्कले बागलुङको अधिकारीचौर र खुङ्गा गाविसका १ हजार ६ सय ९३ जनाको सामाजिक सुरक्षा भत्ता बैसाखदेखि वितरण गर्ने सहमती भएपछि खाता खोल्ने काम सुरु भएको छ । 

फागुन १ गतेदेखि खाता खोल्न सुरु गरिएकोमा एक हप्ताको अवधिमा ६ सय ८४ जना लबग्राहीले खाता खोलेका गरिमा बैंक बुर्तिबा साखा कर्जाफाँटका अमृत कुमार श्रेष्ठले जानकारी दिनुभयो । 

बैङ्मा खाता खोल्नेको भिड भएपछि कार्यालय बाहिरै बसेर खाता खोल्ने काम सञ्चालन गरिएको श्रेष्ठको भनाई छ । बैंकमा खाता खोल्न ज्यष्ठ नागरिक, दलित बालवालिका र अपाङ्गता भएका नागरिकहरुको भिड नै लाग्ने गरेको छ । 

बागलुङमा जिल्ला विकास समिति, गाविस कार्यालय र बैंकविच सहमती गरि बैंकबाटै सामाजिक सुरक्षा भत्ता वितरणको तयारी सुरु भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!