बाग्लुङको खर्वाङ हुँदै पाण्डवखानी जोड्ने भनिएको सडक अलपत्र

Posted on: 02 Jun, 2018

जेठ १९, बागलुङ (खर्वाङ) | बाग्लुङको खर्वाङ हुँदै पाण्डवखानी जोड्ने भनिएको सडक अलपत्र परेको छ । २०६५ सालमा उपभोक्ता समिति गठन गरि काम सुरु भएको सडक, उपभोक्ता समितिको वेइमानी र राजनैतिक खिचातानीको चपेटामा परेको हो । 

२०६७ मा वडिगाड गाउँपालिका वडा नं. २ मा रहेको गिरौंदिखोला लघु जलविद्युत परियोजनाको नहर समेत क्षती गरि जोखिमपूर्ण स्थानसमेत पार गरेपछि सडक निर्माण रोकिएको हो। वडिगाड गाउँपालिकाको वडा नं. २ को डुडेवाचौरको नाका हुँदै सिमलचौर रात्डाँडा भलामी साल्फेद किटेनी हुँदै पाण्डवखानी जोड्ने भनिएको खर्वाङ शिसाखानी पाण्डवखानी सडक विभिन्न स्वार्थवाट सडकको शिर्षक फेरी खर्वाङ रिघा शिसाखानी पाण्डवखानी वनाई बजेट समेत रकमान्तर गरि गरेको खुलेको छ। तत्कालिन जिल्ला विकास समिति बाट तथा संसद विकास कोषवाट प्राप्त रकमलाई रकमान्तर गरिएको हो । 


गत आर्थिक वर्षमा झण्डै ३४ लाख वरावरको काम गरिएपनि चालु वर्षमा कुनै पनि काम हुन सकेन । हाल खर्वाङ बाट दनिया सिमलचौर रात्डाँडा एक्लेपिपल हुँदै एक्ले आँप भन्ने स्थान सम्म सडक पुगेको छ। आयोजना सुरु भएको झण्डै १० वर्षमा झण्डै ६ किलोमिटर खनियको सडक, हरेक पटक साँसदहरुको चुनावी मुद्धा वन्ने गरेपनि काम किन हुन सकेन? सोचनिय वनेको छ । सडक संजालले नछोएको सिसाखानीलाई सवै भन्दा छोटो दुरीमा जोड्ने सडक तथा पाण्डवखानी र त्यस आसपासका क्षेत्रवाट वुटवल संग जोड्ने सवैभन्दा छोटो नाका हुँदा हुँदै पनि किन चुनावी नारा मात्रै वन्छ ? जनताले उत्तर खोजीरहेका छन् । 

हाल पाण्डवखानीवाट किटेनी भन्ने स्थान सम्म सडक जोडिएको छ। मध्यपहाडि लोकमार्ग वाट रिघा हुँदै किटेनी जोडिएपनि दुरी लामो भएकोले जनताले सहज सडक उपयोग गर्न सकेका छै्रनन् । जवसम्म १० वर्ष अघि देखि सुरु भइ अलपत्र परेको गिरौदीखोलाको तिर नजिकको सडक वन्दैन तव सम्म शिसाखान, पाण्डवखानी क्षेत्रका जनताको छोटो तथा सहज यात्राको सपना पुरा हुने छैन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!