दानबीर मेयर नेपालीः ढोरपाटन नगरका १ सय ५ परिवारलाई खाद्यान्न वितरण

Posted on: 02 Apr, 2020

हेम विश्वकर्मा | चैत २०, बुर्तिबाङ | ढोरपाटन नगरपालिका नगर प्रमुख देवकुमार नेपालीले नगरपालिकाका १ सय ५ घर परिवारलाई बिहिबार खाद्यान्न वितरण गर्नुभएको छ । 

नगर प्रमुख नेपालीले आफ्नो व्याक्तिगत तर्फदेखि नगरका ९ वटै वडामा रहेका गरिव, विपन्न तथा मजदुरी गरेर जिविको पार्जन गरेका परिवारलाई प्रति परिवार चामल, तेल, चिनी, नुन, दाल र चाउचाउ हस्तान्तरण गर्ने योजना अनुसार वितरण गरेको बताउनुभएको छ । आज पहिलो दिन वडा नं. १, २, ३, ५, र ७ नम्बर वडाबाट संकलित घरपरिवारलाई वितरण गर्नुभएको छ । वडा नम्बर ४, ७, ८ र ९ वडाका नामावलीमा छुट भएका घर परिवारलाई गाडी मार्फत घर घरमै राहात पु¥याइने नगर प्रमुख नेपालीले बताउनुभएको छ । 

घरभाडा छुट गरेर नमूना पेश गर्नुभएका नगर प्रमुख नेपालीले, पहिलो दिन ६८ घरपरिवारलाई खाद्यन्न वितरण गर्नुभएको छ । प्रति परिवार २५ केजी चामल, २ केजी दाल, १ केजी चिनि, १ केजी नुन, एक पोका तेल, १ पोका सोयाविन र ५ प्याकेट चाउचाउ वितरण गर्नुभएको हो । 

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइसरका कारण दैनिक ज्याला मजदुर गरेर जीविकोपार्जन गर्दै आएका गरिब, विपन्न र असहाय परिवारलाई राहात उपलब्ध गराइएको उहाँले बताउनुभयो । 

नगरप्रमुखले खाद्यन्न वितरणपछि लकडाउनका बेला आफ्नो दैनिकी गुजरा चल्न अफ्ठेरो भएको अवस्थामा नगर प्रमुखले गरेको सहयोगले आफू खुसी भएको, ढोरपाटन नगरपालिका वडा नं. ६ का खडकबहादुर पुनले बताउनु भएको छ । “लकडाउन नहुँदा दैनिक मजदुरी गरी खाद्यान्न ल्याएर परिवारको गुजारा गर्थे, अहिले काम पनि बन्द भयो, उनले भने, छाकटार्न समस्या भएपछि मेयर साबले भगवानले जस्तो साथ दिनुभयो ।

खडक बहादुर जस्तै ढोरपाटनमा दैनिक ज्यालादारी गरी परिवारको हातमुख जोड्नेको संख्या पनि धेरै छ । दैनिक ज्यालादारिबाट पाँच सयदेखि ८ सयसम्म कमाउने पुरुष अहिले घरमै थन्किनुपर्दा चिन्तामा छन् ।

खाद्यन्न वितरण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत धनप्रसाद पोखरेल, वडाका वडा अध्यक्षहरु, नगर प्रमुख नेपाली, नगरप्रमुखकी धर्मपत्नी छेला नेपाली सहित स्थानीय सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!