विद्यार्थीद्वारा निसीभुजी जनता क्याम्पसमा तालाबन्दी

Posted on: 26 Dec, 2016


कृष्ण कँडेल/पुस ११, बागलुङ । क्याम्पसले गरेको शुल्क बृद्धि समायोजनको माग गर्दै निसीभुजी जनता क्याम्पस बुर्तिबाङका विद्यार्थीले ३ दिनदेखि क्याम्पस प्रशासनमा तालावन्दि गरेका छन् । 

क्याम्पसमा नियमित पठन–पाठन पनि नभएको र प्रत्यक बर्ष २५ प्रतिशतले शुल्क बढाउँदा आफुहरु झन् मारमा परेको विविएस चौथो बर्षमा अध्ययनरत विद्यार्थी शुशिला शर्माले जानकारी दिईन् । 

एकैपटक भारी शुल्क बृद्धि हुँदा दुर्गम गाउँका गरिब विद्यार्थीले तिर्न नसक्ने र अन्तत पढाई छोड्नुपर्ने बाध्यता हुने विद्यार्थीको तर्क छ ।  

क्याम्पस प्रमुख कृष्णकान्त आचार्यले चाहिँ कुनै अनुदान विना समुदायले नै सञ्चालन गरेको क्याम्पस चलाउन आर्थिक अभाव भएकाले यो बर्ष मासिक शुल्कमा १ सय ५० रुपैयाँ मात्र बढार्ईएको बताए । 

विद्यार्थीले क्याम्पस व्यवस्थापन समिति र प्रसासनसँग शुल्क समायोजन गर्न माग गरेपनि सुनुवाई नभएका कारण तालाबन्दी गर्नुपरेको बतााएका छन् । 

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष धिरप्रतपसिंहले गाउँका विद्यार्थीले उच्च शिक्षा अध्ययनबाट बञ्चित हुन नपरोस् भनेर सामुदायकै पहलमा सञ्चालन गरिएको क्याम्पस बचाउन शुल्कमा केहि बृद्धि गर्नुपरेको बताए । उनले आफुहरु निरन्तर लगेर अभिभावक तथा सहयोगदाताबाट रकम जुटाई क्याम्पस भवन निर्माण गरेको र अन्य कुनै स्रोत नभएका कारण विद्यार्थीकै शिक्षाका लागि शुल्क बढाउनु परेको बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!