निर्वाचन केन्द्रित अभियानमा जुट्न अध्यक्ष सापकोटाको आग्रह

Posted on: 09 Jan, 2017

कृष्ण कँडेल | पुस २५, बागलुङ | नेकपा एमाले अधिकारीचौर गाउँ कमिटिको बैठक, सम्मान तथा प्रशिक्षण कार्यक्रम भएको छ । 

कार्यक्रममा बोल्दै नेकपा एमाले बागलुङका अध्यक्ष ईन्द्रलाल सापकोटाले पार्टि संगठन सुदृढिकरण गर्दै निर्वाचन केन्द्रित अभियानमा जुट्न स्थानिय नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । 

उहाँले पार्टिले स्थानिय बिकास निर्माण लगायतका क्षेत्रमा नागरिकका समस्या र अबश्यकता पहिचान गरि समाधन गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष सापकोटाले पार्टिले राष्ट्रियताको पक्षमा लिएको अडान तथा जनताको पक्षमा ल्याएको निती कार्यक्रम र बजेटको बारेमा प्रष्ट पार्दै निर्वाचनको तयारीमा जुट्न आग्रह गर्नुभयो । 

पहाड र तराईलाई छुट्याउने गरि ल्यार्ईको संविधान संसोधन विधेयकले अन्तत मुलुकलाई विखण्डन तर्फ लैजाने सापकोटाले दाबि गर्नुभएको छ । 

कार्यक्रममा निबर्तमान जिल्ला सचिवालय सदस्यहरु टंक पौडेल र दलबहादुर घर्ति, जिल्ला सदस्यहरु केसर छन्त्याल, रुद्र पौडेल र रितुबर्ण पौडेलले मन्तव्य राख्नुभएको छ । 

सो अबसरमा नेकपा एमालेको आठौँ जिल्ला अधिबेशनमा अधिकारीचौर गाविसबाट जिल्ला सदस्यमा निर्वाचित लक्षण पुन, करमती घर्ती पुन र रितुबर्ण पौडेललाई सम्मान पत्र सहित बधाई ज्ञापन गर्दै सम्मान गरिएको थियो । 

अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्ष ईन्द्रलाल सापकोटा, तथा सदस्यहरु केशर छन्त्याल र रुद्र पौडेललाई पनि अबिर तथा मालाले सम्मान गरिएको थियो । जिल्ला अध्यक्ष सापकोटाले राष्ट्रिय राजनिति, आफु नेतृत्वको जिल्ला कमिटिले गर्ने काम तथा योजनाको बारेमा प्रशिक्षण गर्नुएको थियो । 

कार्यक्रम गाउँ कमिटि अध्यक्ष सुनिलकुमार घर्तीको अध्यक्षता र सचिव प्रेमबहादुर घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!