गलकोट बहुमुखी क्याम्पस हटियामा अखिल क्रान्तिकारीको ईकाई गठन

Posted on: 05 Feb, 2017


माघ २३, बागलुङ  । गलकोट बहुमुखी क्याम्पस बागलुङमा  नेकमा माओवादि केन्द्र  निकट अखिल क्रान्तिकारीको ईकाई भेला  आज  गलकोट  हटियामा सम्पन्न भएको छ । 

कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारिका केन्द्रीय उपाध्यक्ष   दिवश खत्री पदमले  माओवादी केन्द्रले उठाएका मुद्धाकै कारण दलित, महिला तथा जनजाती लगायत पछि परेको क्षेत्रका नागरिक राज्यको  हरेक तहमा पुग्न सक्ने अबस्था सृजना भएको बताउनुभयो ।  

उहाँले अखिल क्रान्तिकारीले गलकोट बहुमुखि क्याम्पसमा जित सुनिष्चित रहेको दावि गर्नुभयो । खत्रीले स्ववियु निर्वाचनमा क्रान्तिकारीकै अजेन्डा अनुसार २८ बर्षे उमेरको हदबन्दी तोकेर राजनितीक पार्टीका कार्यकर्ता भर्ना गरेर विद्यार्थीको नेतृत्व गर्ने  परिपाटीको अन्त्य भएको बताउनुभयो । 

कार्यक्रममा नेकपा माओवादि केन्द्रका केन्द्रीय  सदस्य  ज्ञामनाथ गैरे अनिल र अखिल क्रान्तिकारिका केन्द्रीय सदस्य  जीवन शर्माले मन्तव्य राख्नुभएको थियो ।  

भेलाले तारापति न्यौपानेको अध्यक्षतामा ३५ सदस्यीय गलकोट बहुमुखी क्याम्पस अखिल क्रान्तिकारी मुल ईकाइ  समिती  गठन गरेको छ । ईकाईको उपाध्यक्षा  सरिता खत्री र कमल परियार, सचिव कुलबहादुर खत्री, सहसचिव बसन्त  कार्की र कोषाध्यक्ष  सविना घर्ती रहनुभएको छ । 

भेला  तारापति न्यौपाने  अध्यक्षता,  सरिता खत्रीको स्वागत र खगेन्द्र  विश्वकर्माको संचालनमा  सम्पन्न भएको थियो । खगेन्द्र  विश्वकर्माको सहयोगमा 


यस बिषयमा तपाइको प्रतिक्रिया...!