निसीभुजी जनता क्याम्पस बुर्तिबाङमा अखिल छैठौँको ईकाई गठन

Posted on: 09 Feb, 2017

कृष्ण कँडेल | माघ २७, बागलुङ | निसीभुजी जनता क्याम्पस बुर्तिबाङमा अखिल छैठौँको ईकाई समिति गठन भएको छ । 

क्याम्पसमा बुधबार भएको विद्यार्थीहरुको भेलाले अनेरास्ववियु छैठौँको ईकाई गठन गरेको हो । भेलामा बोल्दै अखिल छैठौँका केन्द्रिय महासचिव भिमलाल पोखरेलले अब स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कसैले रोक्न नसक्ने बताउनुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयले निर्वाचनको मिति तोकेर प्रक्रिया सुरु गरेको अवस्थामा जुनसुकै अवस्थामा पनि स्ववियु निर्वाचन हुने बताउनुभयो । 

महासचिव पोखरेलले निसीभुजी जनता क्याम्पसमा यसअघि स्ववियु गठन भएको विद्यार्थीहरुको अधिकार स्थापित गर्न र शैक्षिक सुधारका क्षेत्रमा काम गर्न स्ववियु गठनमा लाग्न विद्यार्थीलाई आग्रह गर्नुभयो । 

भेलामा अखिल छैठौँ बागलुङका अध्यक्ष शिव चालिसेले पनि मन्तव्य राख्नुभएको थियो । भेलाले रमा छन्त्यालको अध्यक्षतामा २७ सदस्यीय ईकाई कमिटि गठन गरेको अखिल छैठौँले जनाएको छ । समितिको सचिब मधु जीसी र कोषाध्यक्ष मुमादेवि सापकोटा रहनुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!