निसीभुजी जनता क्याम्पसमा क्रान्तिकारीको ईकाई समिति गठन

Posted on: 19 Feb, 2017


कृष्ण कँडेल/फागुन ८, बागलुङ । निसीभुजी जनता क्याम्पस बुर्तिबाङमा सम्पन्न क्रान्तिकारी विद्यार्थीहरुको भेलाले अखिल क्रान्तिकारी मुलईकाई समिति गठन गरेको छ । 

भेलामा बोल्दै अनेरास्ववियु क्रान्तिकारी धौलागिरी बहुमुखि क्याम्पस बागलुङका मुल ईकाई समिति अध्यक्ष किसोर घर्तीले क्रान्तिकारी विद्यार्थीहरु एकजुट भएर गुणस्तरिय र व्यवहारिक शिक्षाका पक्षमा अभियान चलाउनुपर्ने बताउनुभयो । 

उहाँले आसन्न स्ववियु निर्वाचनमा आफ्नो नेतृत्व स्थापित गर्ने गरि संगठनलाई समावेशी बनाएर लैजान आग्रह गर्नुभयो । घर्तीले स्ववियुमा २८ बर्षे उमेर हद, समानुपातिक समावेशी स्ववियुका लागि मिश्रीत निर्वाचन प्रणाली जस्ता प्रगतिशिल मुद्धा अखिल क्रान्तिकारीले स्थापित गरेको भन्दै त्यसको कार्यान्वयनको नेतृत्व पनि क्रान्तिकारीले नै गर्ने दावि गर्नुभयो । 

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका उपाध्यक्ष नगेन्द्र खरेल, अखिल क्रान्तिकारी धौलागिरी बहुमुखि क्याम्पस मुलईकाई समितिका उपाध्यक्ष विकास कँडेल र एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका पुर्ण अर्यालले मन्तव्य राख्नुभएको थियो । 

भेलाले प्रतिभा पौडेलको अध्यक्षतामा १५ सदस्यीय मुलईकाई समिति गठन गरेको छ । समितिको सचिव अञ्जना अर्याल र कोषाध्यक्ष ओममायाँ बुढा रहनुभएको छ । सदस्यमा मनिसा गुरुङ, खिमा कुँवर, होमकुमारी अदै, रेखा थापा, हरिमला सुवेदी, लक्ष्मी भण्डारी, लिला पाण्डे र लोकमायाँ पाण्डे रहनुभएको छ । उपाध्यक्ष, सहसचिव र बाँकी सदस्य पछि थप गरिने क्रान्तिकारीले जनाएको छ । 

भेलाले यहि फागुन १८ गते हुने स्ववियु निर्वाचनका लागि क्याम्पसमा अखिल क्रान्तिकारीको संगठन दर्ता गर्ने निर्णय गरेको अध्यक्ष प्रतिभा पौडेलले जानकारी दिनुभयो । भेला प्रतिभा पौडेलको अध्यक्षता, टंक पौडेलको स्वागत मन्तव्य र अनिल कुमार विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!