काँग्रेस निसीखोलाको अध्यक्ष र उपाध्यक्षका लागि साबिक गाविसबाट नाम सिफारिस हुने

Posted on: 28 Mar, 2017

कृष्ण कँडेल/चैत १५, बागलुङ । नेपाली काँग्रस बागलुङको निसीखोला गाउँपालिका स्तरिय बैठकले साविकका गाविसबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेद्वार हुनका लागि बढिमा ३ जना आकाङिक्षको नमावली सिफारिस गर्न गाउँ कार्यसमितिलाई निर्देशन दिएको छ । 

आज निसीखोलाको कान्छि बजारमा भएको बैठकले गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि साबिकका राजकुत, देबिस्थान, बोहरागाउँ र निसी गाविसबाट बढिमा तिन जनाको नाम सिफारिस गर्न निर्देशन गरेको हो । साविकका गाउँ कार्यसमितिले ३ भन्दा बढिको नाम सिफारिस गर्न पाउने छैनन् । 

तिन वा तिन भन्दा थेरैको नाम सिफारिस गर्नसक्ने जिल्ला सदस्य प्रकाश कुँवरले जानकारी दिनुभयो । यसरी आउने नाम माथि गाउँपालिका स्तरिय बैठकमा छलफल गरेर उम्मेद्वार चयन गर्ने प्रक्रिया अघि बढाईने उहाँले बताउनुभयो । जिल्ला सदस्य तारानाथ पौडेलको अध्यक्षतामा भएको बैठकले  गाउँपालिकाका सबै वडामा आम सभा गर्ने निर्णय पनि गरेको छ । 

चैत्र २४ गतेदेखि ३१ गतेसम्म सबै वडामा वडा स्तरिय आमसभा गर्ने र बैसाख ३१ गते सबै वडाबाट ¥याली सहित निसीखोला गाउँपालिका स्तरिय बृहत सभा बडा नम्बर–३ को झिवाखोलामा गर्ने निर्णय भएको छ । 

चैत्र २४ गते बडा नम्बर–६ मा, २५ गते  ५ मा, २७ गते ४ मा, २८ गते ३ मा, २९ गते २ मा, ३० गते १ मा र चैत्र ३१ गत वडा नम्बर–७ मा वडा स्तरिय आम सभा हुनेछन् । 

बैठकले बिरामी अबस्थामा रहेका पुर्ब जिल्ला सभापती दिलेन्द्र रामजालीको स्वास्थ्यलाभको कामना गरेको छ । बैठक जिल्ला सदस्य तारानाथ पौडेलको अध्यक्षता र चन्द्रसिंह राम्जालीको सञ्चालनमा सम्पन्न भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!