ज्ञानेन्द्र माध्यमिक विद्यालय निसीमा व्यवस्थापन समिति गठन

Posted on: 13 Jan, 2017

कृष्ण कँडेल/पुस २९,  बागलुङ । ज्ञानेन्द्र माध्यमिक विद्यालय निसीमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरिएको छ । 

विद्यालयमा आज भएको अभिभावकहरुको भेलाले प्रेम घर्तीको अध्यक्षतामा विद्यालय व्यवस्थापन गठन गरेको हो । समितिको सदस्यमा सचिवमा प्रधानाध्यापक धनबहादुर घर्ती र सदस्यमा कमला पुन, उज्जरसिंह घर्ती, सुर्यबहादुर घर्ती, बास्पकुमारी छन्त्याल, गुनदेवि छन्त्याल, शिक्षक प्रतिनिधि गणेशप्रसाद आचार्य रहनुभएको छ । 

थमन घर्तीको अध्यक्षतामा गठन भएको शिक्षक अभिभावक संघको सदस्यमा बेगबहादुर घर्ती, श्यामलाल विक, चुले विक, देविराम घर्ती, रंगमला घर्ती, चन्द्रमला बुढा, निरबहादुर बुढा र शिक्षक प्रतिनिधि किमकुमारी छन्त्याल रहनुभएको छ । 

अभिभावक भेला विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष हर्कमान घर्तीको अध्यक्षतामा सम्पन्न भएको थियो । 

विद्यालयले आगामि चैत्रमा हुने एसएलसि परिक्षमा ग्रेडवृद्धि गर्ने विद्यार्थीको राजस्व रकम बैंक खातामा समयमै जम्मा नगरेका कारण २२ जना विद्यार्थी परिक्षा फर्म भर्न पाएका छैनन् । परिक्षा फर्म नभरिएपछि उनिहरु परिक्षा दिनबाटै बञ्चित हुने अबस्था आएको छ । गत मंसिर २९ गतेसम्म बैंक खातामा जम्मा गर्नुुपर्ने प्रति विद्यार्थी ५ सय ५० रुपैयाँ रकम विद्यालय प्रसासनको कामजोरीका कारण छुटेको हो । विद्यार्थी र अभिभावकले जसरी पनि परिक्षा दिने वातावरण मिलाईदिन र कमजोरी गर्ने विद्यालय प्रसासन माथि नियम अनुसार कारवाहि गर्न सम्बन्धित पक्षसँग माग गरेका छन् । 

जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रले विद्यार्थीलाई परिक्षा दिने व्यवस्था मिलाउन पहल सहित कमजोरी गर्ने प्रधानाध्यापक धनबहादुर घर्तीलाई विभागिय कारवाहि गरिने बताउनुभएको छ । 

नवनिर्वाचित अध्यक्ष प्रेम घर्तीले जिल्ला शिक्षा कार्यालय बागलुङसँग समन्वय गरि परक्षा नियन्त्रण कार्यालय काठमाण्डौ पुगेर विद्यार्थीलाई परिक्षा दिने वातावरण मिलाउन सक्दो पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । 

घर्तीले विद्यार्थीले परिक्षा दिने वातावरण बनाउन आबश्यक प्रक्रियाका लागि प्रधानाध्यापक धनबहादुर घर्ती र आफु भोली नै बागलुङ जाने र जिल्ला शिक्षा कार्यालयको निवेदन सहित परिक्षा नियन्त्रण कार्यालय काठमाण्डौ पुग्ने बताउनुभयो । 




यस बिषयमा तपाइको प्रतिक्रिया...!