तिलाचन युवा क्लव निसीको अध्यक्षमा कुशल बुढा चयन

Posted on: 11 Feb, 2017

कृष्ण कँडेल/माघ २९, बागलुङ । तिलाचन युवा क्लव निसी–८ भल्कोटको दशौँ बार्षिक साधरण सभा तथा अधिवेशनले कुशल बुढा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । 

क्लवको उपाध्यक्षमा ओमबहादुर सुनार, सचिव श्यामकुमार बुढा, सहसचिव फुलबहादुर बुढा, र कोषाध्यक्ष कोपिला थापा रहनुभएको छ । सदस्यमा भिमबहादुर बुढा, सञ्जु थापा, लिला बुढा र हिमबहादुर घर्ती रहनुभएको छ । 

लिलबहादुर बुढाको अध्यक्षतामा गठन भएको सल्लाहकार समितिमा कुमबहादुर बुढा, बेलबहादुर बुढा, दिपक थापा र बलिभद्र बुढा रहनुभएको छ । 

क्लवले स्थानिय रुपमा कला संस्कृतिको संरक्षण, विकृति विसंगतिको अन्त्य र पर्यटन प्रबद्र्धन कार्यक्रम सञ्चालन गर्ने योजना निर्माण गरिएको अध्यक्ष कुशल बुढाले जानकारी दिनुभयो । 

कार्यक्रम क्लवका अध्यक्ष लिलाबहादुर बुढाको अध्यक्षता, बेलबहादुर बुढाको स्वागत र श्यामकुमार बुढाको सञ्चालनमा सम्पन्न भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!