रेडियो बुर्तिबाङका रेडियो साथी सम्मानित

Posted on: 28 Mar, 2017


कृष्ण कँडेल/चैत १५, बागलुङ ।  ढोरपाटन नगरपालिका वडा नम्बर–१ मा रहेको कर्मभुमि कम्युनिकेशन एण्ड पब्लिकेशन प्रालीद्वारा सञ्चालित रेडियो बुर्तिबाङ ९५.६ मेगाहर्जले उत्कृष्ट काम गर्ने दुईजना रेडियो साथीलाई सम्मान गरेको छ ।

मंगलबार रेडियोमा एक कार्यक्रमको आयोजना गरि गत ६ महिनाको अबधिमा रेडियोमा सक्रियातापुर्बक निरन्तर काम गर्ने रेडियो साथी मोहन बुढा मगर र सरिता गोतामेलाई सम्मान गरेको हो । 

रेडियोले स्थानिय स्तरबाट रिपोर्टिङ लगायतका काम गर्नका लागि भिन्न ठाउँमा रेडियो साथीलाई जिम्मेवारी दिएको छ । सम्मानित हुने मोहन बुढा मगर बाडिगाड गाउँपालिकाको दर्लिङ र सरिता गोतामे तमानखोला गाउँपालिकाको बोङ्गादोभानबाट रेडियो साथीको रुपमा काम गर्दै आएका छन् । 

दुबैजनालाई रेडियोका प्रबन्ध निर्देशक ईश्वरीप्रसाद पौडेलले मायाँको चिनो सहित डायरी तथा कलम प्रदान गरि खादा र अबिर लगाएर सम्मान गर्नुभएको थियो । रेडियो साथी क्लवमा नयाँ सदस्य कुम्बिर विश्वकर्मा र सृजना कुँबरलाई स्वागत पनि गरिएको छ । 

सो अबसरमा भएको रेडियो साथीको भेलाले रेडियो साथी क्लवको पुनर्गठन गरेको छ । अनिलकुमार विश्वकर्माको संयोजकत्वमा ३१ सदस्यीय समिति गठन गरिएको छ । सहसंयोजकमा विष्णु पौडेल, सचिबमा कुम्बिर विश्वकर्मा, सहसचिबमा कमला खनाल र कोषाध्यक्षमा ईन्द्रलाल रेग्मी रहनुभएको छ ।

कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक ईश्वरीप्रसाद पौडेलले सञ्चार क्षेत्र सामाजिक उत्तरदायित्व सहितको पेशा भएको भन्दै सामाजिक समृद्धिलाई सहयोग पु¥याउने खालका सामग्री उत्पादन र प्रसारण गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा स्टेशनम्यानेज कृष्ण कँडेल, कार्यक्रम संयोजक योगेन्द्र विश्वकर्मा र रेडियो साथी क्लवका संयोजक अनिल कुमार विश्वकर्माले सहजिकरण गर्नुभएको थियो । 

सम्मानित हुनुभएका रेडियो साथी सरिता गोतामेले आगामि दिनमा अझै जिम्मेवार भएका काम गर्ने र पुनगर्ठित रेडियो साथी क्लवका संयोजक अनिलकुमार विश्वकर्माले सबैसाथीहरुलाई साक्रिय बनाई सञ्चार क्षेत्रमा अघि बढ्ने प्रतिबद्धाता व्यक्त गर्नुभएको थियो । 

कार्यक्रम रेडियो साथी क्लवका संयोजक अनिलकुमार विश्वकर्माको अध्यक्षता र सदस्य कमला खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।  

 


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!