बागलुङमा घर भत्किदा २ जनाको मृत्यु

Posted on: 11 Aug, 2017


साउन २७, बाग्लुङ । बागलुङको गलकोट नगरपालिका वडा नं. ९ मा घरको गाह्रो च्यापिएर दुई जनाको मृत्यु भएको छ ।

गएराति करिब १ बजेको समयमा घरको पछाडिपट्टकिो गाह्रो भत्तिएपछि एकै परिवारका ७५ बर्षीय जयलाल बिक र उनका नाति १३ बर्षीय छोरा बिबेक बिकको घटनास्थलै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ ।

बिहान अबेरसम्म पनि नाति र हजुरबुबा नउठेपछि आफन्तले हेर्न जाँदा पुरिएको अवस्थामा देखेपछी प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय र प्रहरी प्रशासनको सहयोगमा दुवैको शव निकालेर पोष्ट्मार्टमका लागि गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा लगिएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!