चिकित्सा पुरस्कार डा. ओझालाई

Posted on: 17 Sep, 2017

असोज १, बागलुङ। जिल्लामा स्थापित ‘डा तरुण पौडेल चिकित्सा पुरस्कार’ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका मानसिक रोग विभाग प्रमुख प्राध्यापक डा सरोजप्रसाद ओझालाई प्रदान गरिएको छ । 

कोषद्वारा यहाँ आयोजित कार्यक्रममा प्रा डा ओझालाई बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले नगद रु १५ हजार राशिको सो पुरस्कार प्रदान गर्नुभयो । 

स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानबापत प्रा डा ओझालाई पुरस्कृत गरिएको कोषका अध्यक्ष काजी रोशनले बताउनुभयो । मानसिक रोग विशेषज्ञका रुपमा लामो समयदेखि सेवारत प्रा डा ओझा बागलुङमा जन्मनुभएको हो । 

यसैगरी कोषले ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई रू १५ हजार राशि सहितको ‘डा तरुण पौडेल चिकित्सा सम्मान’ प्रदान गरेको छ । सो कोषले आर्थिक अभावमा उपचारबाट वञ्चित नागरिकलाई सहायता गर्दै आएको छ । 

सोही कार्यक्रममा बागलुङ, पर्वत, मुस्ताङ र म्याग्दी जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । लेते प्राथमिक स्वास्थ्य चौकी मुस्ताङका जनस्वास्थ्य अधिकृत सीताराम कार्की, कटुवाचौपारी स्वास्थ्य चौकी पर्वतका जनस्वास्थ्य अधिकृत रुद्र शर्मा, सिँगा स्वास्थ्य चौकी म्याग्दीका जेष्ठ अहेव हरिलाल अधिकारी र पाण्डवखानी स्वास्थ्य चौकीका अनमी हिमाकुमारी श्रीसले जनही नगद रु सात हजार ५०० पाउनुभएको थियो । 

कोषले विगत चार वर्षदेखि स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा तरुण पौडेल धवलागिरि अञ्चल अस्पताल बागलुङमा रहँदा सो कोष स्थापना गर्नुभएको थियो । लामो समय उक्त अस्पतालको मेडिकल सुपरीटेण्डेन भएर काम गर्नुभएका डा पौडेल पनि बागलुङवासी हुनुहुन्छ ।  रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!