बाग्लुङको बडिगाडमा सुतली वम डिस्पोज

Posted on: 19 Nov, 2017

कमल पौडेल | मङ्सिर ३, बागलुङ | बडिगाड गाउँपालिका वडा नं. २ न्वारमा भेटिएको सुतली वम नेपाली सेनाको वम डिस्पोजल टोलीले निस्कृय वनाएको छ। 

आज विहान स्थानिय वडा सदस्य टिका काउचाको घर नजिकै संकास्पद वस्तु भेटे पछि प्रहरीलाई स्थानियले खवर गरेका थिए । प्रहरीले वमको संका गरि नेपाली सेनालाई वोलाएको र पछि सेनाले सो सुतली वमलाई डिस्पोज गरेको प्रहरी सहायक निरिक्षक महदत्त शर्माले जानकारी दिनुभएको छ। 

यस अघि कार्तिक ३० गते गल्कोटको हटियामा पनि वम विस्फोट भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!