प्रजातन्त्र दिवशमै प्रजातन्त्र माविको बार्षिकोत्सव

Posted on: 19 Feb, 2018

फागुन ७, बागलुङ । ताराखोला गाउँपालिका वडा नम्बर–१ माझखर्कमा रहेको प्रजातन्त्र माध्यमिक विदालयले प्रजतन्त्र दिवशकै अवसर पारेर आफ्नो ५६ औँ वार्षिकोत्सव मनाईएको छ । 

वार्षिकोत्सव उद्घाटन कार्यक्रममा बोल्दै सामुदायिक विद्यालय व्यवस्थापन महासंघ बागलुङका सचिव दिवश खत्री पदमले वालबालिकाको व्यवहारमा सकारात्मक परिवर्तन गर्दै जीवनोपयोगी सीप प्रदान गर्न विद्यालयमा हुने सिकाईको महत्वपूर्ण भुमिका रहने बताए ।  


उनले व्यवहारिक, व्यवसायिक र रोजगारमूलक शिक्षाले मात्र बालबालिकालाई असल नागरिक बनाउन सकिने भन्दै यसतर्फ ध्यान दिन शिक्षकलाई आग्रह गरे । 

प्रधानाध्यापक, अभिभावक र विद्यालय व्यवस्थापन समितिले समेत विद्यालयको शिक्षण सिकाई क्रियाकलापलाई सहज बनाउन आवश्यक उत्तरदायित्व पूरा गर्नुपर्ने उनको भनाई थियो । 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष नन्दलाल गैरे, ताराखोला गाउँपालिका वडा नम्बर–१ वडा सदस्य खड्कबहादुर घर्ती लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

प्रधानाध्यापक भिमबहादुर रोकाले विद्यालयको आर्थिक तथा प्रगति प्रतिवेदन प्र्रश्तुत गरेका थिए । 


वार्षिकोत्सवको अवसरमा भएको सदनस्तरीय छात्र भलिवल प्रतियोगितामा लालिगुराँस सदन प्रथम र मखमली सदन द्वितिय भएका छन् । अभिभावक म्युजिकल चियर प्रतियोगितामा होमा रोका विजयी भईन् । प्रावि तहको हाँजिरजवाफ प्रतियोगितामा लालिगुराँस सदन प्रथम, गोदावरी सदन द्वितिय र मखमली सदन तृतिय भएका छन् ।

कार्यक्रमको अवसरमा स्वर्गीय पूर्णबहादुर रोका स्मृति अक्षयकोष, स्वर्गीय गंगाधर मनरुपा गैरै स्मृति अक्षयकोष र शिवलेकाली जीवन ज्योती युवा क्लवको तर्फबाट विद्यार्थीलाई छात्रवृत्ति रकमसहित पुरस्कृति गरिएको थियो ।  

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार नाईसाको अध्यक्षता, शिक्षक बमबहादुर घर्तीको स्वागत र अर्का शिक्षक बलबहादुर रोकाको सञ्चालनमा सम्पन्न भएको थियो ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!