५ बर्षीय वालिकालाई खेल्न जाउँ भन्दै जंगलमा लगेर वलात्कार

Posted on: 14 Apr, 2018

प्रेम सुनार | बैशाख–१, गुल्मी ।  गुल्मीमा ६ वर्षिया वालिका वलात्कार घटना सेलाउन नपाउँदै छिमेकी जिल्ला बाग्लुङ्गमा त्यो भन्दा पनि एक वर्ष कम उमेरकी वालिका वलात्कारको घटना सार्वजनिक भएको छ ।

विहिवार दिउँसो  साढे दुई वजेको समयमा निसीखोला गाउँपालिका वडा नम्वर ७ राजकुत गाउँकी ५ वर्षिया वालिकालाई स्थानिय १४ वर्षिय किशोरले वलात्कार घरेको घटना वुर्तिबाङ्ग प्रहरीले आज सार्वजानिक गरेको हो ।  दुवै वालवालिका भएकोले नाम भने प्रहरीले गोप्य राखेको छ । 

घटनाको दोश्रो दिन शुक्रवार अनुसन्धान गरी  कार्वाही प्रकृया अगाडी बढाउन जिल्ला प्रहरी कार्यालय बाग्लुङ्ग पठाईएको वुर्तिबाङ्ग ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए । खेल्न जाउँ भन्दै जंगलमा लगेर वलात्कार गरेको कुरा परिवारजनले ति वालिका रोई-कराई गरेपछि मात्र थाह पाएको बताईएको छ । 

मेडिकल रिर्पोटले पनि वालिका बलात्कृत भएको परिवारजनले दावी गरेका छन् । प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ । वालवालिका  यौनिक कृयाक्लावमा लाग्नुको कारण पारिवारिक वातवरण पनि एक भएको विश्लेषण गर्न थालिएको छ । देशको विभिन्न स्थानबाट प्राप्त समाचार अनुसार पछिल्लो चरण बढि मात्रमा नावालिकाहरु वलात्कारको  शिकार बनिरहेका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!