पहिरोमा पुरिँदा सासूबुहारी बेपत्ता

Posted on: 15 Aug, 2018

साउन ३०, बागलुङ | निसीखोला गाउँपालिका–३ का मानबहादुर शाहीको घर आज बिहान गएको पहिरोमा पुरिँदा उहाँकी श्रीमती ६५ वर्षीया धनकुमारी र ३५ वर्षीया बुहारी डल्ली शाही बेपत्ता हुनुभएको छ । 

पहिरोले क्षतिग्रस्त बनाएको घरभित्रै उहाँहरु च्यापिएको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरी र स्थानीवासी खोजी र उद्धारमा जुटेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताउनुभयो । घरमुली मानबहादुर शाही गोठ गएको बेला घटना भएको जनाइएको छ । गएरातिको वर्षाले जिल्लाका अन्य ठाउँमा पनि भौतिक क्षति पु¥याएको बताइएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!