एउटा सवारी साधनमा २ वटा नम्वर प्लेट भेटिएपछि...

Posted on: 20 Aug, 2018

प्रेम सुनार। भदौ ४, बुटवल । बाग्लुङ्गमा प्रहरीले  सावारी साधन एक नम्वर प्लेट दुई भएको फेला पारेको छ । गल्कोट नगरपालिका हटियामा एउटै मोटरसाईकलमा दुई ओटा नम्बर प्लेट भेटिएको छ ।

ट्राफिक शाखा कार्यालय गल्कोटका प्रमुख पुर्ण बहादुर श्रेष्ठले दिएको जानकारी अनुसार गल्कोटमा  मोटरसाईकलको पछाडि लु ६ प ७२३६ र अगाडि ध १ प ५२९७ नम्बरको प्लेट राखिएको पल्सर मोटरसाईकल (बाईक) भेटिएको छ । आईतबार हटियामा चेकिङ गर्दै गर्दा उक्त बाईक समातिएको हो ।


मोटरसाईकल  धनीको नाम भने खुलेको छैन । हिजो मोटरसाईकल  छोडेर गएपछि लिन नआएकाले नाम थाहा नभएको श्रेष्ठको भनाई छ ।

अगाडीबाट हेर्दा ध १ प ५२९७ र पछाडीबाट हेर्दा लु ६ प ७२३६ देखिने गरी मोटर साइकलमा नम्बर प्लेट राख्नु पर्ने कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ । यस प्रकार एउटा मोटर साईकलमा दुई प्रकारको नम्बर प्लेट राख्नु कुनै अपराधिक प्रयोजनको लागी हुन सक्ने अनुमान स्थानीयवासीको अनुमान छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!