ढोरपाटनबाट पोखरा उडेको हेलिकप्टर बलेवामा आकस्मिक अवतरण

Posted on: 16 Apr, 2019

चैत ३, पर्वत – बागलुङको ढोरपाटनबाट पोखराका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण बलेवामा आकस्मिक अवतरण गरिएको छ ।

मंगलबार साँझ ६ बजे नेपालको एक मात्र वन्यजन्तु शिकार आरक्ष ढोरपाटनबाट उडेको हेलिकप्टर मौसम अनुकुल नभएपछि बागलुङको बलेवामा अवतरण गरिएको हो ।

प्रभु हेलिकप्टरको नाइन एन एजेएन कल साइन भएको हेलिकप्टरमा एक जना विदेशी नागरिकसहित दुई जना शिकार आरक्षकै कर्मचारी रहेका थिए । शिकार आरक्ष अवलोकनका लागि आएको र मौसम अनुकुल नभएका कारण बलेवामा अवतरण गरिएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!