बागलुङ: दुई सङ्गठनबीच एकता

Posted on: 16 Jun, 2019

असार १, बागलुङ । नेपाल राष्ट्रिय वाणिज्य सङ्घ र नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको जिल्लामा एकता टुङ्गिएको छ । एकतापछि शनिबार राष्ट्रिय उद्योग व्यवसायी महासङ्घ जिल्ला शाखाको घोषणा गरिएको छ ।

महासङ्घ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शुभेच्छुक सङ्गठन हो । एकताअघि सङ्घमा पूर्व एमाले र सङ्गठनमा पूर्व माओवादी केन्द्र निकट व्यवसायी आवद्ध थिए । महासङ्घको केन्द्रमा भने एकता प्रक्रिया अझै टुङ्गिएको छैन ।

जिल्लास्तरमा एकता गर्ने बागलुङ पहिलो जिल्ला बनेको छ । एकतापछि ४५ सदस्यीय महासङ्घको जिल्ला समिति गठन भएको छ । समितिको अध्यक्षमा रतन मलेपति चयन हुनुभएको छ । उपाध्यक्षमा दुर्गाबहादुर पुन, सचिवमा प्रकाश चालिसे, सहसचिव नारायण आचार्य, कोषाध्यक्षमा राजु गौतम र सहकोषाध्यक्षमा मनोज थापा हुनुहुन्छ । 

एकता भेलाले २६ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । पदाधिकारीलगायत सदस्यलाई महासङ्घ गण्डकी प्रदेशका संयोजक प्रेम पौडेलले शपथ ग्रहण गराउनुभएको थियो । शपथपछि बोल्दै अध्यक्ष मलेपतिले व्यवसायीको हकहितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बागलुङको व्यवसाय प्रवद्र्धनमा महासङ्घले अर्थपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!