बाग्लुङ दुर्घटना अपडेट: मृतकको सनाखत (नामावली सहित )

Posted on: 03 Dec, 2019

मंसिर १७, बाग्लुङ | आइतबार बिहान बाग्लुङको बडिगाडमा जिप दुर्घटना हुदाँ १४ जनाको मृत्यु भएको छ | मृतक १४ जनाकै सनाखत भएको छ | दुर्घटनामा चालकसहित १४ जनाको घटनाास्थलमै मृत्यु भएको र एकजना बडिगाड खोलाले बगाएर वेपत्ता भएका छन् |

जिपमा जम्मा  १८ जना यात्रु रहेका थिए | घाइते ३ जनालाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ | कुलपूजा (देवाली)का लागि गुल्मीको इस्माबाट बागलुङको देवीस्थान जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिका–७ घोपर्नामा दुर्घटना भएको हो | ज्यान गुमाउनेमा गुल्मी इस्मा गाउँपालिका–५ का २५ वर्षीय चालक रेशम थापा, सोहि गाउँपालिका– ५ कै २३ वर्षीया, माया थापा,५ का ४० वर्षीया वसुन्धरा कार्की रहेको प्रहरीले जनाएको छ |

त्यस्तै इस्मा–५ कै ४० वर्षीया सीता कार्की, सोही गाउँपालिकाका ४५ वर्षीय भूमि कार्की, २५ वर्षीया मिना कार्की, उमेर नखुलेका तुलसी कार्की र धनबहादुर कार्की, ४० वर्षीय छवि कार्की,नवलपरासी बर्दघाटकी झुमा कार्की, बागलुङ बडिगाड–५ की ५५ वर्षीया लक्ष्मी केसीको मृत्यु भएको छ | त्यस्तै ठाउँ वतन नखुलेका सूचना कार्की रहेका छन् |

उक्त दुर्घटनामा नवलपरासी बर्दघाटका जीवन कार्की, रोल्पा घर, इस्मा माइती भएकी नीमा कार्की, इस्माकै हिमाल कार्की दुर्घटनामा घाइते भएका छन् | ज्यान गुमाएका पाँच वर्षीया बालिका र थप एकजनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!