माघ २ देखि ओखरबोटमा इन्द्रेणीको विविध कार्यक्रम

Posted on: 06 Jan, 2020

पुष २१, गलकोट | इन्द्रेणी युवा क्लबले प्रथम वार्षिकोत्सब विविध खेलकुद तथा सास्कृतिक कार्यक्रम सहित मनाउने भएको छ । गलकोटमै पहिलो पटक वडा स्तरीय क्लबको रुपमा गलकोट नगरपालिका वडा नम्बर ४मा स्थापना भएको क्लबले माघ २ देखि ५ गते सम्म वार्षिकोत्सब मनाउने अध्यक्ष महेन्द्र खड्काले जानकारी दिए ।


खेलकुद आजको आवश्यकता, विकृती र बिंसगती विरुद्ध युवाको एकता भन्ने नारा लिएर स्थापित क्लबले बागलुङको प्रचलित साविक वडा स्तरीय पुरुष भलिबल, रस्साकस्सी, बक्तृत्वकला, रत्यौली प्रतियोगिता ,एकल नृत्य प्रतियोगिता लगाएतका कार्यक्रम आयोजना गरेको अध्यक्ष खड्काले जानकारी दिए । युवाहरूलाई एकता बद्द गरेर समाज विकासमा आवद्द गराउने गराउने उदेश्यले वडाका सम्पुर्ण युवाहरुलाई समेटेर क्कब गठन गरि पहिलो वार्षिकोत्सब मनाउन खड्काले जनाए । आगामी दिनमा युवालाई बिकृती र बिंसगति बाट बचाउदै समाज विकासमा लाग्न प्रेरणा दिने प्रमुख लक्ष्य रहेको उनले बताए ।


कार्यक्रम संचालनको लागि अहिले विभिन्न सहयोगदाताबाट सहयोग संकलन गरिरहेको क्लबका कोषाध्यक्ष राम खत्रीले जनाए । अहिले सम्म स्वदेश र विदेशमा रहेका शुभेच्छुकबाट ७ लाख बढी संकलन भएको उनले बताए ।कार्यक्रम संचालनको लागि ४ लाख खर्च हुने र बांकी रकमबाट क्लबको कोष संचालन र समाज विकासमा खर्च गर्ने खत्रीले बताए । कार्यक्रममा चर्चित कलाकार हरि सुनार, रेशम निर्दोस, रिना केसि र संगितप्रेमी रिमा बस्नेत लगाएतका स्थानीय कलाकारको सास्कृतिक प्रस्तुति रहने सचीव धुर्व सुबेदिले जानकारी दिए । कार्यक्रम खरुवा माध्यमिक विद्यालय ओखरबोटमा संचालन गरिने उनले बताए । विद्यालयको जाडो बिदा पारेर पठनपाठनलाई असर नपुग्ने गरि कार्यक्रम आयोजना गरेको उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!