माया भट्ट लगायत चार जनालाई प्रदेश मन्त्री बनाउने एमालेको निर्णय

Posted on: 17 Feb, 2018

फागुन ५, बैतडी । नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रदेश ७ का लागि चार जनाको नाम टुङ्गो लगाएको छ । 

जसमा प्रकाश शाह, दीर्घ सोडारी, पठान सिह बोहरा र माया भट्टलाई प्रदेश ७ मा मन्त्री बनाउने एमालेले निर्णय गरेको हो । 

एमालले मन्त्री छान्न ढिलाई गर्दा सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको सपथ ग्रहण कार्यक्रम केहीवेर ढिलाई भएको छ । 

प्रदेश प्रमुखको कार्यालयले ३ बजे प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको सपथ ग्रहणको कार्यक्रम केही दिन पहिले तय गरेको थियो । तर, अन्त्यमा आएर दुई घण्टाढिलो गरि मात्रै अहिले ५ बजे सपथ ग्रहण कार्यक्रम हुदैछ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!