बैतडीमा तरुणदलाई प्रशिक्षणको तयारी

Posted on: 16 May, 2018

नरी बडु | जेठ २, बैतडी | बैतडीमा नेपाली कागे्रसको भातृ संगठन तरुणदललाई बैसाख ५ गते प्रशिक्षण दिने तयारी गरिएको छ । 

बाम गठबन्धनको सरकार बनिसकेको अवस्थामा सरकारले गर्ने हरेक कामको खबरदारी गर्न दरुदलले आफ्ना युवा कार्यकर्तालाई प्रशिक्षण दिन लागेको हो । सरकारको सकारात्मक काममा रचनात्मक सहयोग गर्नुका साथै सरकारले गर्न लागेका नराम्रा कामका बारेमा खबरदारी गर्ने भुमिकाको बारेमा पनि प्रशिक्षणमा बताईने तरुणदल बैतडीका उपाध्यक्ष महेश भट्टले बताउनुभयो ।

पाटन महिला विकास कार्यालयको हलमा काग्रेसका केन्द्रिय सदस्य एवम् पार्टी प्रवक्ता विश्वप्रकास शर्माले प्रशिक्षण दिन लाग्नुभएको कार्यक्रममा बैतडीका दशवटै स्थानीयतहबाट १०÷१० जना दरुणदलका प्रतिनिधिहरुको उपस्थिति रहने भट्टले जानकारी दिए । प्रशिक्षण कार्यक्रम बैतडी लगायत देशका ७७ वटै जिल्लामा एकसाथ चल्न लागेको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!