प्रदेश ७ का समन्वय समिति सदस्य आन्दोलित, यस्तो छ कारण

Posted on: 18 May, 2018

नरी बडु/जेठ ४, बैतडी | प्रदेश नम्बर ७ का सबै जिल्ला समन्वय समितिका सदस्यहरु आन्दोलित भएका छन् । 


उनिहरु आफुहरुको बरियताक्रम र सेवासुविधाका बारेमा सरकारले निर्णय नगरेको भन्दै आन्दोलित भएका हुन् | सदस्यहरुले सबै प्रकारका बैठक बहिस्कार गर्ने निर्णय समेत गरेका छन् । जस अन्तर्गत बैतडी जिल्ला समन्वय समितिका सदस्यहरुले पनि शुक्रबार जिल्ला समन्वय समितिको बैठक बहिस्कार गरि बिरोध जनाएका छन् । 

संविधानमा समुन्वय समितिका सदस्यहरुको सेवा सुविधा प्रदेश सरकारले तोके बमोजिम हुने छ भनि लेखिएकाले सदस्यहरुको बरियताक्रम र सेवासुविधाका बारेमा प्रदेश सरकारलाई दबाम दिन बैठकहरु बहिस्कार गरेर आन्दोलन गर्नुपरेको जिल्ला समन्वय समिति, बैतडीका सदस्य रमेस बोहराले बताउनुभयो । 

 समन्वय समितिका सदस्यहरुको बिरोधका कारण जिल्ला  समन्वय समितिका विभिन्न कामकाज प्रभावित भएका छन् । 

सदस्यहरुको बिरोधले आफुहरुले समेत कुनै मिटिङ तथा छलफल कार्यक्रममा जान नभएको र अन्य निर्णय गर्नमा पनि समस्या भएको जिल्ला  समन्वय समिति, बैतडीका संयोजक सिद्धराज भट्टले बताउनुभयो ।

प्रदेश सरकारले आफुहरुको माग सम्बोधन नगरुञ्जेलसम्म जिल्ला  समन्वय समिति र सदस्यहरुले सहभागि हुनुपर्ने कुनै कार्यक्रम तथा बैठकमा उपस्थित नहुने सदस्यहरुको अडान छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!