कांग्रेसले सशक्त प्रतिपक्षको भुमिका खेल्छ: नेता सिंह

Posted on: 21 Jul, 2018

साउन ५, बैतडी | नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सडकदेखि संसदसम्म सशक्त प्रतिपक्षको भुमिका खेल्ने बताएका छन् । नेपाल प्रेस युनियन बैतडीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले दुईतिहाइ बुहुमत पाएको सरकारले जनताको चाहनाअनुसार काम नगरेको भन्दै अधिनायकवाद रवैया देखाउन थालेको आरोप लगाए ।


कार्यकर्ता भेटघाटको लागि बैतडी पुगेका नेता सिंहले सरकारले चुनावमा दिएको आश्वासनअनुसार काम नगरेको आरोप लगाए ।  जताको भावना विरुद्धका काममा अनावश्यक हस्तक्षप गर्न थालेपछि सशक्त प्रतिपक्षमा भुमिका कांग्रेसले खेल्ने जानकारी दिए । जनताले अनुभुति हुने गरेर सरकारले एउटा पनि काम गर्न नसकेको आरोप लगाए । 

स्वास्थ्य क्षेत्र सुधारको लागि अनशनरत डा. गोविन्द केसीलाई जवजस्ती उठाएर काठमाण्डौं ल्याएको भन्दै डा.केसीको जीवन रक्षाको लागि कांग्रेसले अवाज उठाएको बताए । माथेमा आयोग विपरित सरकारले शिक्षा स्वास्थ्य विधेयक संसदमा ल्याएर अधिनायकवादतर्फ उन्मुख भएको बताए । सरकारले दुईतिहाइको दम्भ देखाएर जनताको भावनाविपरित सर्वसत्तावादी सोच राखेको आरोपसमेत लगाए ।

पत्रकार सम्मेलमा बोल्दै कांग्रेस केन्द्रिय सदस्य दिलेन्द्र्रसाद बडुले सरकारले सबै ठाउँमा निशेधित क्षेत्र बनाएर कोही बोल्न नपाउन भन्ने निरंकुश चरित्र देखाएको बताए । यसको विरोधमा संघ, प्रदेश संसद र स्थानीय संसदमा कांग्रेसले अवाज उठाइरहेको जानकारी दिए । मुलुकलाई बचाउन संविधान उल्लघनका विरुद्ध कांग्रेस सशक्त ढंगले अघि बढने उनको भनाइ छ । जनताप्रति अनुत्तदार सरकारका गलत काम, संविधान उलंघन रोक्न सरकारको विरोध गर्दै आएको बताए । गलत बाटो र संविधान विपरित  सरकार जानथालेछि जहीको त्यही रोक्न संसद अवरुद्ध गरिरहेको उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!