बैतडीमा रातो प्रजातिको बांदर खतरनाक भएको पुष्टी

Posted on: 12 Jun, 2018

नरी बडु/जेठ २९ बैतडी | विगत देखि बैतडीको दशरथचन्द नगरपालिकामा आतंक मच्चाउदै आएको जंगली बांदर रातो प्रजातिको खतरनाक बांदर भएको विषेशज्ञ टोलिले पुष्टी गरेको छ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक लक्ष्मण खनाल नेतृत्वको टोलिले यस क्षेत्रमा पाईने उक्त बांदर अरु प्रजातिभन्दा खतरनाक रहेको बताएको छ । 


रिसालु, आक्रामक र चलाख मानिने रातो प्रजातीको बांदरले बैतडीको दशरथचन्द नगरपालिकामा अन्नबाली, तरकारी, फलफुल र घरभित्र भएका अन्य समानहरु नष्ट गर्नुका साथै महिला र बालवालिकामाथि समेत आक्रमण गर्ने गरेको छ । 

बांदरले आतंकित दशरथचन्द नगरपालिकामा स्थानीय र जनप्रतिनिधिहरुले बांदर लखेट्ने अनेक प्रयास गरेपनि सफल हुन सकेको छैन । नेपालमा पाईने तिनवटा प्रजातिका बांदरहरुमध्ये दशरथचन्द नगरपालिकामा भेटिएको रातो बांदर बढी खतरनाक भएको बांदर विषेशज्ञ डा. लक्ष्मण खनालले बताउनुभयो । मानव र बांदरबिच द्वन्द, कारण र व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा खनालले यस्तो बताउनुभएको हो । 

बांदरको अनुसन्धानका लागि खनाल र अर्का बन्यजन्तु विषेशज्ञ धिरेन्द्र चन्द शनिबार बैतडी आउनुभएको हो । यस क्षेत्रमा जंगलको अनुपातमा बांदरहरुको संख्या धेरै भएकाले समस्या भएको टोलिको निष्कर्ष छ । जंगलको एकिकरण नहुनु, एउटै प्रजातीका रुखहरु भएको जंगल हुनु लगायतका कारणले बांदरको आतंक बढी भएको टोलिको भनाई छ । कार्यक्रममा विषेशज्ञ टोलिले बांदरको आक्रमणबाट बच्ने उपायका बारेमा समेत स्थानीयहरुलाई जनाकरी गराएको थियो । बांदर व्यवस्थापनका लागि सरकारले स्थानान्त्रण वा औषधिजन्य अनुसन्धान प्रयोगसालामा बांदरको गर्नुपर्ने बांदर विषेशज्ञ टोलिको सुझाव छ । बांदर आतंकले यस क्षेत्रका किशानहरुलाई खेतिकिर्शानी छोड्नुका साथै महिला र बालवालिकालाई एक्लै हिड्न समेत समस्या छ ।

खेती गर्नै छाडे किशानले

बांदरको आतंकले दशरथचन्द नगरपालिका ४, ५, ६ र ८ नम्बर वडाका किशानहरुले खेती लगाउने छागेका छन् । लगएको अन्यबाली सबै बांदरले नष्ट गर्न थालेपछि उनिहरुले खेती लगाउन छाडेका हुन् । बैतडी जिल्लाको सबैभन्दा बढी आँप उत्पादन हुने उक्त क्षेत्रमा पछिल्लो समय बांदरले सबै आँपहरु समेत नष्ट गरेको किशानहरुको गुनासो छ । अन्नबालि त के बजारबाट किनेर लगेको समान समेत भित्रै पसेर बांदरले लैजान्छ । स्थानीय भुवनबहादुर चन्दले भने । घरको झ्यालबाट भित्र पसि भित्र भएको अन्न र कतिवेला त परिवारका सदस्यहरुलाई पस्केको खाना समेत बांदरले खाने गरेको किशानहरुको गुनसो छ । यस क्षेत्रका किशानहरुले   बांदर आतंक नियन्त्रण गरिदीन भन्दै सम्बन्धित निकायसंग अपिल गरेका छन् । वडा र नगरपालिकाको सहयोगमा बांदर आतंक नियन्त्रण नभएकाले प्रदेश तथा केन्द्र सरकाले यस्तर्फ ध्यान दिनुपर्ने स्थानीय खिमानन्द भट्टको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!