झुलाघाटवाट अवैध सुनसहित दुईजना पक्राउ

Posted on: 11 Jul, 2018

असार २७, बैतडी | नेपाल–भारत सीमानाका झुलाघाटवाट एक भारतिय नागरिक सहित दुईजनालाई नगद र अवैध सुनसहित प्रहरीले पक्राउ गरेको छ  । 

पक्राउ पर्नेमा भारतको पिथौरागढ जिल्ला झुलाघाटका ४२ बर्षिय जगदिश बर्मा र बैतडीको दशरथचन्द नगरपालिका ४ का २१ बर्षिय बिशाल गहतराज रहेका छन्। भारतिय नागरिक बर्माको साथवाट ६० ग्राम सुन र २४ हजार ३९० भारतिय रुपैंया र नेपाली नागरिक गहतराजवाट ३ लाख २७ हजार ९८५ रुपैंया र ११ ग्राम ६६४ मिग्रा सुन फेला पारेको हो । 

संकास्पद आधारमा  मंगलवार अपरान्ह सीमानाका झुलाघाटमा सुन किनबेच गरिरहेका बेला सीमा प्रहरी चौकीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । भारतिय व्यापारी बर्मावाट नेपाली व्यापारी गहतराजले सुन किनिरहेका बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक  कार्वाहीका लागी आज कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी पठाएको बैतडीका प्रहरी प्रवक्ता कान्तिराज जोशीले जानकारी दिनुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!