बैतडी र दार्चुलामा यसरी मनाईयो भानु जयन्ती

Posted on: 13 Jul, 2018

नरी बडु | असार २९, बैतडी | शुक्रबार आदीकवि भानुभक्त आचार्यको २०५ औँ जन्मजयन्ती बैतडी र दार्चुला लगायत देशैभरी विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । भानु जयन्तीका अवसरमा बैतडीको मालिकाडाँडामा पनि विभिन्न श्रष्टाहरुले आ–आफ्ना रचना बाचन गरेर भानु जयन्ती मनाएका हुन् । 

मालिकाडाँडास्थित भानु शालिकको प्राङ्गणमा मनाईएको भानु जयन्तीको प्रमुख अथितिमा बैतडीको क्षेत्र नं. ख बाट निर्माचित प्रदेशभा सदस्य लीलाधर भट्ट रहुनुभएको थियो । माहाकाली साहित्य संगमको आयोजनामा नागरिक समाज बैतडीका सचिव करन दयालको अध्यक्षतामा कार्यक्रम गरिएको साहित्यकार प्रकाश चन्दले बताए । कार्यक्रममा उपस्थित विभिन्न श्रष्ठाहरुले भानुभक्त आचार्यप्रति श्रद्धासुमन अर्पण गर्नुका सार्थ कविता, गीत र गजल समेत बाचन गरेका थिए । भनुभक्त आचार्य जस्ता देशका अन्य विभुतिहरुले औँल्याएको पथमा सबैले हिड्नुपर्ने कार्यक्रममा उपस्थित वक्ताहरुको भनाई    थियो । 

कार्यक्रममा जिल्ला समुन्वय समितिका संयोजक सिद्धराज भट्ट, दशरथचन्द नगरपालिकाका नगरप्रमुख नरेन्द्र थापा जिल्ला समुन्वय समितिका सदस्य टेक विश्वकर्मा लगायत विभिन्न कार्यालयका कार्यालय प्रमुख र शाहित्यकारहरुको उपस्थिति रहेको थियो । यस्तै दार्चुलाको शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वरमा रहेको गोकुलेश्वर माविमा पनि २०५ औं भानु जयन्ती मनाईएको छ । सस्कृत भाषामा लेखिएको रामयणलाई नेपाली भाषामा भावानुवाद गरी भानुले नेपाली भाषा, धर्म, साहित्य र राष्ट्रियतामा योगदान पुर्याएको भन्दै उहांको २०५ औं जन्म जयन्ती आज मनाइएको हो । भानु जयन्तिको अवसरमा विद्यालयका शिक्षक माधवराज विष्टको पहलमा आयोजित कार्यक्रममा सहभागि शिक्षक, विद्यार्थी तथा अभिभावकहरुले आदिकवि भानुभक्त आचार्यले नेपाली साहित्यमा पुर्याएको योगदानको स्मरण गर्दै साहित्यिक रचनाहरु प्रस्तुत गरेका थिए । व

डा अध्यक्ष रामधनी विष्टको अध्यक्षता तथा गोकुलेश्वर वहुमुखी क्याम्पसका प्रमुख प्रदिप कुमार जोशीको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको संञ्चालन शिक्षक गणेशराज विष्टले गर्नुभएको थियो । १८७१ असार २९ गते जन्मेका भानुभक्त आचार्यले नेपाली साहित्य क्षेत्रमा दिएको योगदानको सम्झना स्वरुप हरेक वर्ष मनाइदै आइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!